Section 22
जग्गाको मोल लिने
(१) दफा २१ बमोजिम जग्गा बिक्री वितरण हुँदा जग्गा पाउने व्यक्तिले सो जग्गाको तोकिएको दरले हुन आउने मोलको रकम तोकिए बमोजिम एकमुष्ट वा किस्तावन्दीमा तोकिएको समय समयमा तोकिए बमोजिम नगदीमा बुझाउनु पर्नेछ । किस्तावन्दीमा भुक्तानी गर्नेसंग मोलको रकममा वार्षिक सयकडा ५ का दरले भुक्तानी हुने अवधिको व्याज समेत लगाई असुल गरिनेछ ।
तर कसैले बुझाउनु पर्ने पुरै रकम वा एक वा सो भन्दा बढी किस्ता वा त्यसको कुनै अंश सो किस्ता बुझाउनु पर्ने तोकिएको म्याद अगावै कुनै समय बुझाउन चाहेमा बुझाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम असुल हुने रकमलाई तोकिएको अधिकारीले ….. बैंकमा एउटा छुट्टै खाता खोली तोकिए बमोजिम जम्मा गराउनेछ ।
(३) कसैले उपदफा (१) बमोजिम बुझाउनुपर्ने कुनै किस्ताको रकम म्यादभित्र नबुझाई म्याद नाघेको १ महीनासम्म बुझाउन ल्याएमा तोकिएको अधिकारीले सो किस्ताको रकमको सयकडा १० ले जरिवाना गरी किस्ताको रकम जम्मा गराउनेछ ।
(४) कसैले उपदफा (१) बमोजिम बुझाउनुपर्ने कुनै किस्ताको रकम म्याद नाघेको १ महीनासम्ममा पनि नबुझाएमा तोकिएको अधिकारीको आदेशले सम्बन्धित जग्गा र सो जग्गाको मोल वापत कुनै किस्ता बुझाई सकेको भए सो रकम समेत जफत गरिनेछ ।
(५) … … …